मधेशटप, फागुन ९ गते।

मदिरा पसल ग्रीनलाइनका सञ्चालक अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

व्यवसायी सञ्जय अधिकारी र टंकशमशेर जबरालाई दिएको चेक बाउन्स भएको भन्दै उजुरी परेपछि अग्रवाल समातिएका हुन् ।

काठमाडौंस्थित दरबारमार्ग र कान्तिपथमा आयातित महँगा मदिरा बेच्ने पसल चलाएका अग्रवाल पुस २२ गतेयता सपरिवार फरार रहेका थिए ।

अग्रवालले ग्लोबल आइएमई, मेगा, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकबाट ८० करोड रुपैयाँभन्दा ऋण लिएका थिए । ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए ।

केहीअघि उनले निकटका मिडिया प्रतिनिधिहरूसँग संवाद गरेका थिए । आफ्नो सम्पत्ति बेचेर ऋण तिर्न सक्ने अवस्था रहेको भन्दै पत्रकार सम्मेलन पनि आयोजना गरेका थिए ।

पछिल्लोपटक उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स उजुरी आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध बैंकिङ कसुरमा अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।