मधेशटप, फागुन १० गते।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,भइएको छ।दुर्घटनामा मोटरसाइकल पछाडि सवार युवती घाइते भएको प्रहरीले जनाएको छ ।

सोमवार दिउँसो ३ बजेतिर फुलजोरतर्फबाट आइरहेको प्रदेश २–०३–००६ प १२० नम्वरको मोटरसाइकललाई नारायणघाटबाट विराटनगरका लागि छुटेको ना ५ ख १५६१ नम्वरको बसले रानिगन्ज चोकैमा ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका १० का २२ वर्षीय निरज उप्रेतीको ज्यान गएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उप्रेतीलाई रानिगन्जमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डक अस्पताल वीरगन्ज पुर्याइएकोमा साँझ ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार लालबन्दी नगरपालिका–७, बस्ने २२ वर्षीया लक्ष्मी विकको भने गण्डक अस्पतालमै उपचार चलिरहेको छ ।

दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको लालबन्दीका प्रहरी प्रमुख निरीक्षक निर्मल थापाले बताएका छन ।