मधेशटप, फागुन १० गते।

ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका–४ ईमाडोलमा गत माघ २२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटो बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।