मधेशटप, फागुन १० गते ।

जनकपुरधाम :  मोटरसाइकल चोरी गर्ने २ जनालाई महोत्तरी  प्रहरीले पक्राउ गरीएको  छ ।

पक्राउ पर्नेहरुमा जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया गा.पा. ३ वस्ने वर्ष २० को रामजी कुमार यादव र ऐ.ऐ. वस्ने वर्ष १९ को आदम हुसेन रहेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ l

मिति २०७८ साल १० महिना  २४ गतेको दिन  प्रदेश २-०२-००२ प  २७३५ नम्बरको २२० सि.सि. पल्सर चोरी गर्ने उनीहरुलाई पक्राउ गरिएकाे हाे ।  स्थानिय प्रहरी को सहयोगमा खटिएको प्रहरी टोलीले महोत्तरीको बलबा नगरपालिका ३ बाट पक्राउ गरिए को हो ।

धनुषा जिल्लाको   जनकपुरधाम उप-महानगरपालिका वडा नं. १ भानु चोक स्थित सिटिजन  बैंकको  अगाडी पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको निवेदन दिए पस्चात  खोजतलास गर्दा उनीहरु  बरामद भएपछि नियन्त्रणमा लिएको थियो  ।

पक्राउ पर्नेमा रामजि कुमार  यादव र आदम  हुसेनलाई बलवा प्रहरी चौकीले नियनत्रणमा लिई  चोरी सम्बन्धी मुद्दालाई  म्याद थप गरी थप अनुसन्धान अगाडी  भईरहेको प्रहरीले बताए l