मधेशटप, फागुन ११ गते।
वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो। कलाकार कृष्ण मल्लका अनुसार आज विहान घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए ।

सोही क्रममा उनको निधन भएको मल्लले रातोपाटीलाई जानकारी दिएका छन ।

बिहान करिब ३ बजेतिर लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको घटनास्थलमा पुगेका महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए का छन। घटनाबारे अनुसन्धान भइरहेको छ ।

बा३च ७७४१ नंको कार लामा आफैले हाँकेर घर नजिकै पार्किङ गरेको पाइएको छ । शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उनको परिवारलाई जानकारी गराएका थिए ।