मधेशटप डेस्क, फागुन ११ गते ।

शाखरुख खानका छोरा बलिउडमा डेब्यू गर्नका लागि पूर्णरुपमा तयार छन् । तर उनी अभिनेता भने बन्ने छैनन् ।आर्यन खानले आफ्नो करियरको रुपमा अभिनय नभएर लेखनलाई चुनेका छन् ।

उनी चाँडै नै लेखका रुपमा एक वेब सिरिजमार्फत बलिउडमा डेब्यू गर्न गइरहेका हुन् ।सन् २०२० मा आर्यनले सदर्न क्यालिफोर्निया विश्वविद्यालयले स्नातक पूरा गरेका थिए ।

उनीसँग फाइन आर्टस, सिनेमेटिक आर्टस् र फिल्म एन्ड टेलिफिजन प्रोडक्सन लगायत विषयमा अध्ययन गरेका छन् । अहिले आफ्नो सिकाइलाई वेब सिरिजमा प्रयोग गर्न सुरु गर्न लागेका हुन् ।

उनी एक फिचर फिल्मका लागि पनि काम गरिरहेका छन् जसको निर्माण उनको पिता शाहरुखको रेड चिलिज इन्टरटेनमेन्टले गर्नेछ ।