मधेशटप डेस्क, फागुन ११ गते ।
सहकारीका निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी गरेको अभियोगमा २ जना प्रहरीको फन्दामा परेका छन् ।

काठमाडौंको पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारीका निक्षेपकर्ताको रकम हिनामिना गरेको अभियोगमा सुरज बस्नेत र शिव पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

सहकारीका सञ्चालक रहेका उनीहरुले आफूखुशी सहकारी संस्थाको खातामा रकम नराखि आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखि १५ जना निक्षेपकर्ताहरुको छ करोड पच्चीस लाख ठगी गरेको जनाएको छ ।

भुक्तानी फिर्ता माग्दा उनीहरु सहकारी संस्थामा ताला लगाई फरार भएका थिए भने पीडितले सहकारी ठगी कार्यमा संलग्न रहेको भन्दै दिएको जाहेरीका आधारमा पक्राउ गरेको हो । छ ।