मधेशटप डेस्क, फागुन ११ गते ।

जिल्लाको तारकेश्वर नगरपालिका(७ फुटुङस्थित एक कुखुरा फर्ममा वर्डफ्लु भेटिएको छ।

प्रहरी वृत्त बालाजुका अनुसार वर्डफ्लु भेटिएपछि करिब पाँच हजार कुखरा नष्ट गरिएको छ।

यसअघि, सरकारले चितवनको राप्ती–६ स्थित अनिता पशुपक्षी कृषि फार्म र काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा(३ गोविन्द मगरले पंक्षी पालेको स्थानलाई वर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको थियो।

बर्डफ्लु पक्षीबाट मानिसमा सर्न सक्ने भएकाले थप जोखिम हुन नदिनका लागि बर्डफ्लु देखिएपछि सरकारले हाँस, कुखुरा, टर्की जस्ता पक्षीहरूलाई नष्ट गर्ने गर्दछ।