उमेश कुमार साह: १२ फाल्गुन २०७८ बिहिवार 
: जनता समाजवादी पार्टी नेपाल बोदे बर्साईन नगर समितिको अध्यक्ष अरुण कुमार यादवको अध्यक्षतामा बोदे बर्साईन नगरपालिका वार्ड नं ९ को समायोजन कार्यक्रम सम्पन्न भएको छ। जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी समिति सदस्य , पुर्व मंत्री तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादबको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रमको बिशिस्ट अतिथि जनता समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य अनिरुद्ध कुमार सिंह यादव ,समाजवादी युवा संघका मधेस प्रदेश अध्यक्ष तथा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादव, नगर समिति सचिब चरीत्र प्रसाद यादव रहेको थियो । यस कार्यक्रमको अतिथि वडा नं ९ का वडा अध्यक्ष तपसी यादव,बोदे बर्साइन नगर खेलकुद समितिका अध्यक्ष कामेश्वर यादव लगायतको स्थानीय बुद्धिजीवी , सल्लाहकार , महिला , युवाहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ को वडा समिति समायोजन भएको छ।वडा समिति गठन कार्यक्रममा पुनः अध्यक्षमा धनिक लाल यादव रहने जसपा नेपाल बोदे बर्साईन नगर अध्यक्ष अरुण कुमार यादवले बताए । जसपा नेपाल वडा युवा अध्यक्षमा बिरेन्द्र यादव,किसान अध्यक्षमा हरि महतो तथा महिला अध्यक्षमा निर्मला देवी पासवान चयन भएका छन। समायोजन भएको सम्पुर्ण नव समितिलाई प्रमुख अतिथि यादवले शुभकामना व्यक्त गरेका छन।