मधेशटप फागुन १२ गते ।

तुलसीपुर उपमहानगरपालिका(७ पर्सेनीस्थित एक किराना पसलमा आगलागी भएको छ।

बिहीबार बिहान करिब साढे ३ बजे सुमित्रा वलीको रिमा किराना पसलमा आगलागी भएको इलाका प्रहारी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

आगलागीबाट करिब १८ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। बिजुलीको तार सर्ट भएर आगो लागेको  प्रहरीले जनाइएको छ

तुलसीपुर उपमहानगरपालिकाको दमकल, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा आगो केही समयमै नियन्त्रणमा आएको थियो।