मधेशटप फागुन १२ गते ।

आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ ।

आज बस्ने भनेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

सो सूचनामा विशेष कारणले देखाउँदै बैठक बस्न नसकेको भन्दै भोलि शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।