मधेशटप फागुन १२ गते ।

काठमाडौं  ; भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख खोप उपहार दिएको छ ।

भारत सरकारको “खोप मैत्री योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख डोज खोप उपहारमा दिएको हो ।

बिहीबार जंगी अड्डामा आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई उक्त खोप हस्तारन्तरण गरे ।