मधेशटप फागुन १२ गते ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको अलगाववादीको नियन्त्रणमा रहेको दोनबास क्षेत्रमा ‘सैन्य कारबाही घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस कदमलाई रुसी सेनाको अनुचित आक्रमणको संज्ञा दिएका छन् । उनले युक्रेनका जनतासँग पुरै विश्वको प्रार्थना रहेको बताएका छन ।

अमेरिकाको कदमबारे बाइडनले बिहीबार अमेरिकी जनतालाई सम्बोधन गर्ने बताइएको छ ।

उनले ह्वाइट हाउसबाट घटनाक्रमलाई नियालेर बिहान जी७ सदस्य राष्ट्रका नेताहरूलाई भेटेर रुसमा गरिने थप कारबाही बारे घोषणा गर्ने बताएका हुन् ।