मधेशटप फागुन १२ गते ।

झापा प्रहरीले ५ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका ४ बस्‍ने १९ वर्षीय अब्दुल अन्सारी रहेका छन् ।

प्रहरीले उनको साथबाट पाँच ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ परेका उनलाई झापा जिल्ला अदालतबाट ६ दिनको म्‍याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।