मधेशटप फागुन १३ गते ।

मोरङ दुई दिनदेखि बेपत्ता बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । मोरङको लेटाङ नगरपालिका(८ लालहिरा सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी जनार्दन जिसीका अनुसार शुक्रबार बिहान लेटाङ(८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डोमा भेटिएको हो ।

प्रहरीले शव उत्खनन गरेर बाहिर निकाले पनि स्थानीयले पोष्टमार्टमका लागि लैजान दिएका छैनन् ।

स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गर्दै दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने भन्दै प्रदर्शन गरिरहेका छन् ।प्रदर्शनमा उत्रिएका स्थानीयसँग शव उठाउनका लागि समन्वय भइरहेको एसपी जिसीले बताएका छन ।

निर्वस्त्र अवस्थामा शव भेटिएका कारण बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरी स्रोतले बताएको छ ।