मधेशटप फागुन १३ गते ।

काठमाडौं– नेपालमा थप २७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ८ हजार ६२८ नमूनाको परीक्षण हुँदा शुक्रबार २७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरि १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९३२ पुगेको छ।