मधेशटप डेस्क, फागुन १३ गते ।

जनकपुरधाम : नेपाल बुद्धिजीवी परिषद् धनुषाको पाचौं  अधिबेशन शुक्रबार  जिल्लाको धनुषाको जनकपुरधाममा सम्पन्न भएकाे छ ।

 

अधिवेशनको भेलाले जिल्ला अध्यक्ष पदमा अध्यक्ष रामचन्द्र यादव सर्वसम्मत रूपमा चयन गरेको छ ।

 

नेपाल बुद्धिजीवी परिषद् मधेश प्रदेशका अध्यक्ष एवंम् जिल्ला इन्चार्ज  डा. अर्जुन  कुमार सिंह र महासचिव गजेन्द्र थपलियाको प्रमुख अतिथ्तामा जिल्ला धनुषा जिल्ला जनकपुरधामको निलार्जुंन इन्जिनीयरिंग  कलेजमा  अधिवेशन सम्पन्न भएकाे हाे ।

अधिवेशनमा नेपाल बुद्धिजीवी परिषद् मधेश प्रदेशका अध्यक्ष एवंम् जिल्ला इन्चार्ज  डा. अर्जुन  कुमार सिंह र महासचिव गजेन्द्र थपलिया   लगायतले आ आफ्नाे धारणा व्यक्त गरेका थिए ।

नेपाल बुद्धिजीवी परिषद्को आठौं जिल्ला अधिबेशन बाट रामचन्द्र यादवको  अध्यक्षतामा १६ सदस्यीय जिल्ला परिषद् सर्व सहमति बाट चयन गरिएकाे छ ।

जसकाे उपाध्यक्षमा दिपक कर्ण, सचिवमा सुनिल झा , सहसचिवमा रोशन यादव , कोषाध्यक्षमा डा. स्वेना ठाकुर  रहेका छ्न भने सदस्यहरुमा महादेव राउत ,शिव शंकर मंडल,अभिनारायण झा,पवन कुमार चौधरी,मनोज कुमार झा,ऋषि कुमार भट्ट ,रुपेश झा,चित्र कुमार दुबेदी,योगेन्द्र प्रसाद पाल,रामकुमार यादव ,विशाल पाण्डे सर्वसम्मत रूपमा चयन भएका छन् ।