मधेशटप डेस्क,फागुन १४

जनता समाजवादी पार्टी जसपाले एमसीसीका विषयमा आज निर्णय लिने भएको छ।शुक्रबारदेखि जारी केन्द्रीय कार्यकारिणी समिति बैठकले एमसीसीका विषयमा छलफल गरिरहेको छ।

शुक्रबारदेखि ललितपुरमा जारी बैठकमा कार्यकारिणी सदस्यहरूलाई एमसीसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो।

कार्यकारिणी बैठकमा स्थानीय तहको निर्वाचन तथा पार्टी दर्ता, एमसीसी, देशको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक कार्यको समिक्षा र समायोजनको सम्बन्धमा छलफल हुनेछ।

जसपा नेता प्रकाश अधिकारीका अनुसार बैठकले कार्यकारिणी समितिमा पदपूर्ति, कार्यकारिणी समितिको पदमान र कार्यविभाजन, नेतृत्व प्रणाली, पार्टीको विधान अधिवेशन, सुज अभियान, सरकार तथा पार्टीका मन्त्रीहरुको कार्य समिक्षा र केन्द्रीय समिति तथा संघीय परिषद्को बैठकको सम्बन्धमा ,पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई समूह एमसीसी पास गराउनुपर्ने पक्षमा छन्।