मधेशटप डेस्क,फागुन १४
सुपरस्टार अजित र हुमा कुरेशी स्टारर वलिमैलाई कोरोनाकालको सबैभन्दा ठूलो ओपनिङ प्राप्त भएको छ ।
चलचित्रले ६२ ३६ करोड भारुको ओपनिङ गरेको छ ।
चलचित्रलाई दर्शकदेखि समीक्षकसम्मको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।
अजितको यो चलचित्रले बक्स अफिसमा सबै रेकर्ड तोडेको छ । यसले तमिलनाडुमा मात्र पहिलो दिन ३६ करोड रुपैयाँ प्राप्त गरेको छ ।
उता चेन्नईमा १।८४ करोड रुपैयाँको ओपनिङ गरेको छ । चेन्नईमा पहिलो दिनमै यति धेरै आम्दानी गरेको अजितको यो पहिलो चलचित्र हो ।
कोरोनाकालमा रिलिज भएका साउथको चलचित्रले राम्रो ओपनिङ गरिरहेको छ । गत वर्ष १३ जनवरीमा रिलिज भएको मास्टरले पहिलो दिनमा ४२ करोड कमाएको थियो ।
४ नोभेम्बरमा रिलिज भएको रजनीकान्तको चलचित्र ुअन्नाथेुले तमिलनाडुमा ३४।९२ करोड रुपैयाँको ओपनिङ गरेको थियो । मोहनलालको ुमरक्करः लायन अफ द अरेबियन सीु ले पहिलो दिनमा ६ करोड रुपैयाँ कमाएको थियो ।
उता, अल्लू अर्जुनको ‘पुष्पाः द राइज स्टार’ ले ५२।५० करोड रुपैयाँको ओपनिङ गर्दै वर्षको सबैभन्दा सफल चलचित्र बनेको थियो ।
फिल्म र अजित कुमारलाई लिएर फ्यानहरूको क्रेज देख्न पाइएको छ ।
दक्षिण भारतका कयौँ सहरको सिनेमाघरको बाहिर सडकमा जाम लागेको छ भने फ्यानहरूले अजितको पोस्टरलाई दूधले नुहाएको भिडियो पनि बाहिर आएको छ ।
रिपोर्टका अनुसार अजितको ‘वलिमै’को थिएटट्रिकल राइट्स वैश्विक स्तरमा कूल ९६ करोड भारतीय रुपैयाँमा बिक्री गरेको थियो ।
त्यसबाहेक चलचित्रले स्याटेलाइट, डिजिटल प्ल्याटफर्म र संगीतको अधिकारबाट ६० करोड भारतीय रुपैयाँमा बिक्री गरेको थियो ।
यो चलचित्र एच विनोदको निर्देशनमा बनेको हो ।
चलचित्रमा अजित र हुमाबाहेक कार्तिकेय, योगी बाबू, सुमित्रा र पुगाजको मुख्य भूमिका रहेको छ ।
Discussion about this post