मधेशटप डेस्क,

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नं २ स्थित जनकपुरधाम उपमहानगरपालिका वडा नं १८ महुवामा अायोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेश सरकारका अर्थ मन्त्री शैलेन्द्र साहले मधेश आन्दोलनको बलमा बनेको मधेश सरकार ले प्रदेशको विकास र समृद्धि का लागि योजना बध्द तरिकाले कार्य गरिरहेको कुरा र स्थानीय तहका निर्वाचनको लागि सक्रिय हुन आग्रह समेत  बताउनुभएको छ।

सो कार्यकर्ता भेलालाई सम्बोधन विशिष्ट अतिथि प्रदेश सांसद रामअशिष यादवले ७५ वर्ष पुरानो पार्टी नेपाली कांग्रेस र ७२ वर्ष पुरानो पार्टी कम्युनिष्टले मधेशी ,आदिवासी ,दलित जनजाति, मुस्लिम महिला र पिछडावर्गको सधैं अधिकार खोस्ने कार्य गरेको अारोप लगाउनु भएको छ।

जसपा नेपाल को संगठन सुदृढीकरण र विस्तार अभियान अन्तर्गत वार्ड स्तरीय भेलामा सहभागी वक्ताहरुले मधेशी दलित,जनजाति मुस्लिम, महिला र पिछडावर्गको अधिकार का लागि संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल रहेको कुरा बताउनुभएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १८ का वार्ड अध्यक्ष रामशंकर पासवान को अध्यक्षता मा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य, दलित मुक्ति अान्दोलन का अगुवा चन्देश्वर सदा, संघीय परिषद सदस्य ई विजय कुमार मंडल, रन्जित चौधरी, प्रदेश सदस्यहरु ममता मंडल, विजय कुमार भगत र साजिद हुसेन, जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह,नगर अध्यक्ष विष्णु देव साह,विल्टु पासवान सहित का वक्ता हरुले बोल्नु भएको थियो ।

सो भेलामा रामु साहको अध्यक्षतामा जसपा वार्ड परिचालन समिति गठन गरिएको कुरा प्रदेश सदस्य युवा नेता रामु महराले जानकारी गराएका छन्।