मधेशटप डेस्क,फागुन १५ गते

पुनर्गठित मधेस लोकतान्त्रिक पार्टी तमलोपामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेताहरू प्रवेश गरे लगत्तै संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।

राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल र संविधानसभा सदस्य डा विजयकुमार सिंहलगायतकाहरु नेताहरूको पार्टी प्रवेशसँगै जिल्ला, पालिका देखि वडा स्तरसम्मका संगठन तथा भातृसंगठन विस्तारलाई तीव्रतासँगै अभियानका रूपमा अघि बढाउँदै गएको छ ।

आउँदो वैशाख ३० मा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै संगठन अभियानलाई अघि बढाइएको तमलोपाका केन्द्रीय अध्यक्ष रविशंकर कुमार कर्णले जानकारी दिएका छन ।

यसैक्रममा तमलोपाले भातृसंगठनको रूपमा तराई मधेस विद्यार्थी फ्रन्ट धनुषा र सोको नगर कमिटीसमेत गठन गरेको जनाएको छ ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा आयोजित भेलाबाट आदित्य झाको अध्यक्षतामा २१ सदस्यीय तराई मधेस विद्यार्थी फ्रन्ट धनुषा र आदित पाठकको अध्यक्षतामा तराई मधेस विद्यार्थी फ्रन्ट जनकपुरधाम नगर कमिटी गठन गरिएको हो ।