मधेशटप डेस्क, फागुन १५ गते ।

जनकपुरधाम :  मधेश प्रदेशको धनुषा जिल्ला नेपाल स्काउट र युनिसेफको साझेदारीमा  आयोजना भएको थियो ।

मधेश  प्रदेशको धनुषा जिल्लाको लक्ष्मीनियाँँ गाउँपालिका वडा न. ७ कुम्हरौडामा लक्ष्मीनियाँ जनता माध्यमिक विधालयमा   कोभिड १९ नियन्त्रण एवं रोकथामका लागि बिधालयमा नौ हजार पिस  मास्क हस्तान्तरण गर्नु  सुनिश्चितता कार्यक्रमको शुरूवात भएको छ ।

नेपाल स्काउट र युनिसेफ नेपालको सहाकार्यमा शुरु भएको अभियानमा आज आयोजित अभिमुखीकरण कार्यक्रममा सरोकारवालाहरु सङ्ग आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यक्रमको स्कूलका प्रधानाध्यापक मनोज लाल कर्णले   गर्नु भएको थियो ।

 

कार्यक्रममा लक्ष्मीनिया जनता माध्यमिक विधालय , वडा न . ७  कुम्हरौडाका प्रधानाध्यापक मनोज लाल कर्णले स्वागत मन्तव्य राख्नु भएको थियो साथै कार्यक्रमको उदेश्य माथी लक्ष्मीनिया स्काउटका संयोजक रोशन यादवले मधेशटप डटकमलाई जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि लक्ष्मीनियाँ गाउँपालिका  शिक्षा संयोजक जय कुमार यादव, ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक  प्रमोद लाल कर्ण, श्री रा.प्रा.वि. प्रधानाध्यापक प्रमोद कुमार यादव,आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था लि.का  अध्यक्ष  दु:खरण यादव, शृजनशील समाज नेपाल प्रतिनिधि  सरोज यादव, स्काउट नेपाल मधेस प्रदेश कार्यालयको अधिकृत  रञ्जीता यादव,प्रदेश सहायक रोशन कुमार यादव लक्ष्मीनियाँ स्काउटका संयोजक  रोशन कुमार यादव र सदस्यहरु सरोज कुमार यादव स्काउटरहरु उदय यादव, चन्दन यादव, प्रियंका साह, संजय यादव, प्रियंका यादव तथा विद्यार्थीहरुको  उपस्थिति रहेको थियोे।