मधेशटप डेस्क,फागुन १६ गते

सोमबार  ; सुनको मूल्य प्रतितोला एक हजार छ सय रूपैयाँयाले बढेर ९८ हजार दुई सयमा कारोबार भएको छ।

अघिल्लो दिन सुन प्रतितोला ९६ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रूपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ।

आज चाँदी प्रतितोला १३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन चाँदी प्र्रतितोला १२ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा सुन १९ सय ११ अमेरिकी डलरमा कोरोबार भइरहेको छ।