मधेशटप डेस्क,फागुन १६ गते

महोत्तरी,  ;  महाशिवरात्रीको पूर्व संध्यामा आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरबाट भव्य कलश शोभा यात्रा निकालिएको छ ।

जलेश्वरनाथ पूजा समारोह समितिको आयोजनामा जलेश्वर महादेव मन्दिरबाट बाजागाजा, झाँकी र जुलुशका साथ निस्केको कलश शोभा यात्रा शंकरचौक, दुर्गाचौक, अस्पतालचौक, बुद्धिजीविचौक, जिरोमाईलचौक हुँदै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।


यात्रामा स्थानिय राजनीतिकर्मी, नागरीक समाज, व्यापारी, बुद्धिजीवि, विद्यार्थी, शिक्षक, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु लगायत महिला, पुरुष तथा युवाहरुको ठूलो सहभागिता रहेको थियो ।

यसका साथै कलश शोभा यात्रामा भुत, बैताल, शंकर, पार्वती, गणेश लगायतका आकृति लगाएका झाँकी पनि सहभागी गराइएको थियो ।

महाशिवरात्रीको शुभ अवसरपारी प्रत्येकवर्ष जलेश्वरमा जलेश्वरनाथ महादेवको कलश शोभा यात्रा निकालिने गरिएको छ ।