मधेशटप डेस्क,फागुन १६ गते

पाल्पा रम्भा गाउँपालिका–१ हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

लु ७ प ५०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुँदा रम्भा गाउँपालिका–१का १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको हो ।

न्यौपानेको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ। हुँगीबाट हुँदै रामपुरतर्फ जाँदै गरेको भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल पछाडि बसने रामपुर नगरपालिका–१० का २५ वर्षीय उमाकान्त चापागाईँ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिएका छन ।

थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।