उमेश कुमार साह: १७ फाल्गुन २०७८                   बोदे बसाईन । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर २ बेल्हा गाउँमा माहाशिवरात्री पर्वको अवसरमा शिव मन्दिरमा शिव लिङ्गको उद्घाटन गरिएको छ । बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रमको बीच शिव लिङ्ग उद्घाट्न गरिएको हो । स्थानीय कुलानन्द यादवको अध्यक्षता कार्यक्रम संचालन भएको थियो ।

उक्त मन्दिरको जग्गा दाता राशिन्द्र प्रसाद गोठिया र मुर्तिदाता स्व. भागिरथ प्रसाद गोठीयाको स्मृतिमा श्रीमति ओपिला देबि तथा छोराहरु कुलानन्द यादव र देवानन्द यादव द्वारा मुर्तिको स्थापना गरेका छन।

शिव मन्दिर उद्घाट्नमा कार्यक्रममा बोदे बर्साईन नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिगम्बर प्रसाद यादव , वडा सदस्य लक्ष्मि नारायण चौधरी , वडा नम्बर १० का अध्यक्ष सुनित कुमार यादव , नेता सुरेन्द्र प्रसाद यादव , शत्रुधन मा बिधालय नेगडाको बिधालय व्यवस्थापन समितिको अध्यक्ष बृज लाल यादव, जसपा वडा कमिटी अध्यक्ष राम अशिष यादव , जसपा नगर कमिटी सदस्य जितेन्द्र प्रसाद चौधरी, पत्रकार उमेश कुमार साह , लगायत सन्त महन्त तथा श्रद्धालु भक्तजनको बाल्लो उपस्थितिमा सम्पन्न भएको थियो ।
सो अवसमार पंडित बाबू नारायण मिश्रा तथा पुल्कित दास बाबाले बिशेष पुजा गरेका थिए ।