मधेशटप डेस्क, फागुन १८गते ।

दाङमा छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दाङको देउखुरीमा कार र मोटरसाइकल एकआपसमा ठोकिँदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीको छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै घाइते हुनेमा राप्ती ६ सगरापुर बस्ने ४५ वर्षीय जयराम चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० बर्षीया बेदकुमारी चौधरी र पैदलयात्री लमही ८ असनी बस्ने २८ बर्षीय पारस बोहोरा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु २ च ७६८२ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ४ प ३४६१ नम्वरको मोटरसाईकल गढवा २ महादेवा पुल नजिकै ठोकिँदा दुर्घटना भएको हो ।