मधेशटप डेस्क, फागुन १८गते ।

बुधबार सुनको मूल्य तोलमा १९ सय रुपैयाँले बढेको छ।

एकै दिन उच्च रुपमा बढेको सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँनजिक पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन तोलामा ६ सय रुपैयाँले घटेको सुन आज ९९ हजार ५ सय रुपैयाँ पुगेको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।