मधेशटप डेस्क, फागुन १८गते ।

मलगंवा  ;  सर्लाहीमा लागुऔषध गाँजा सहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको विहार राज्य सीतामढी ग्राम पंचायत राजा प्रसोनी १ का २३ वर्षीय मो साकिर, वडा नं ९ का ३५ वर्षीय नुर महमद राई र शिवहर ग्राम पंचायत सलिमपुर वडा नं १३ का २० वर्षीय मो नसु आलम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिएका छन ।

मंगलवार दिउँसो सर्लाहीको मलगंवा नगरपालिका–८ स्थित प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको ना २ ह १५६७ नम्बरको टेम्पोलाई चेकजाँच गर्दा १० किलो लागुऔषध गाँजा बरामद गरिएको छ ।

गाँजा सहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।