मधेशटप डेस्क, फागुन १८गते ।

काठमाडौं  ;  नयाँ बानेश्वरस्थित सडकमा नो एमसीसी लेखेर प्रेसर कुकर बम राखेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे घर भएका सुवास महत रहेको महानगरीय प्रहरी अपराध महाशाखा एसएसपी बसन्त कुँवरले बताएका छन।

उनलाई महाशाखाको टोलीले गौशालाबाट पक्राउ गरेको हो।उनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।

उनी क्याम्पस इकाइ कमिटीका सदस्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुई जनाले दिउँसै सडकमा कुकुर राखेका थिए।