मधेशटप डेस्क, फागुन १९ गते।

जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिका वडा १४ स्थित दुई व्यक्ति बिचको विवादमा नगरप्रमुख लालकिशोर साहले अप्रत्यक्ष रुपमा हस्तक्षेपका कारण दुई व्यक्ति बिचको जग्गा विवाद बल्झिदै गईरहेको छ ।

१ दशकदेखि बस्दै आएको सो जग्गा विवादमा उपमहानगरपालिकाले चासो नलिएपछि जग्गाको विवाद बढ्दै गईरहेको छ । लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ५ का रामदेव यादवले हाल जनकपुरधाम वडा नम्बर १४ स्थित  रजौलमा घर बनाउने अभिप्रायले आफ्नो श्रीमती शिवकुमारी यादवको नाममा ७ धूर जग्गा लिएका थिए ।

लक्ष्मीनियाँ  गाउँपालिकाकै अर्का रामदेव यादवसंग उनको घनिष्ठ मित्रता थियो । दूबै जना मिलेर पार्वती साहबाट २५ धुरको  जग्गा किनेका थिए । जसमध्ये ७ धुर शिवकुमारी यादवको नाममा र बाँकी जग्गा सुशिला देवी यादवको नाममा रहेको थियो ।

पहिले रामदेव पछाडीको जग्गा लिन चाहँदैन थे तर पछि १२ फिटको बाटो मिलाई दिने आश्वासन पाएपछि उनले आफ्नो श्रीमतीको नाममा सो जग्गा लिएका थिए । तर अहिले आएर बाटो घेर्नुका साथै उनको जग्गामै पर्खाल लगाएपछि विवादको श्रृजना  भएको छ ।

बाटो खुलाई दिनका लागि उनी जनकपुरधाम उपमहानगरपालिकाको न्यायिक समितिमा निवेदन लिएर समेत पुगेका थिए । जहाँ २०७२ साल फागुन २३ गते सुशिला देवीलाई ५ हजार रुपैयाँ जरिवानाका साथै बाटोको अवरोध हटाउन आदेश दिइएको थियो । तर वडा नम्बर १४ का वडाध्यक्ष पुण्यप्रताप यादवले सुशिलाको पक्षमा लागेपछि त्यो बाटोमा निर्माण गरिएको भौतिक संरचना हटाउन सकिएन ।

उक्त आदेश हालसम्म कार्यन्वयन हुन सकेको छैन्, यादवले भने र्‍ बाटो अवरुद्ध छदैछ । त्यसमा पनि विना अनुमती (ईजाजत) मेरो निजी जग्गा च्यापेर पर्खाल सहित भौतिक संरचणा बनाईदैंछ ।

नगर प्रहरीले उक्त निर्माण रोक्न प्रयास गरेपनि रोकिएको छैन् । गत ३ गते कानून बमोजिम कारवाही गरी पाउँ भन्दै नगरपालिकामा निवेदन दिएपनि मेयर साहले कुनै चासो दिएको छैन् ।

नगरपालिका धाउँदा धाउँदै थाकिसके तर मेयर साहले न्याय दिन सकेन् । उल्टै सुशिला र उनका आफन्तले  धम्कि दिदैं आएका छन् । केहि दिन अगाडी  कुटपिट समेत गरेका थिए । अहिले आएर ज्यान मार्ने धम्कि दिन थालेका छन् ।

वडाध्यक्ष यादव नगरप्रमुख लालकिशोर साहको नजिकका पात्र मानिन्छन् । वडाध्यक्ष यादवको संलग्नता पछि नगरप्रमुुख लालकिशोर साह पनि मौन भएर बसे ।

पछि उल्टै शिवकुमारीलाई नै प्रतिवादी बनाएर सुशिलाले उच्च अदालत जनकपुरधाम मुद्दा दिइन् । पछि उच्च अदालतले शिवकुमारीकै पक्षमा फैसला सुनाउँदै बाटो रहेको अवरोध हटाउन आदेश दिएको थियो ।

अदालतले जनकपुरधाम उपमहानगरपालिकाको न्यायिक समितिलाई सदर गर्दै जरिवाना हटाएर बाँकी फैसला कार्यान्वयन गर्न २०७६ मंसिर १९ गते फैसला सुनाएको थियो ।

तर उच्च अदालतको फैसलालाई अवज्ञा गर्दै बाटोमा रहेको अवरोध न सुशिलाले हटाएकी छिन न त उपमहानगरले नै सो अवरोध हटाउ पहल गरेको छ ।

एउटै दर मूल्यमा लिएको जग्गा पछि आएर सुशिलाका श्रीमानले  आफुलाई पछाडी तर्फबाट जग्गा लिन दबाब दिए । दबाब बढदै गएपछि १२ फिटको बाटो दिने शर्तमा पछाडी तर्फको जग्गा लिए । तर पछि आएर बाटोको जग्गा खरिद गर्न दबाब दिए । बाटोमा पर्ने जग्गामा पैसा समेत लिएका थिए ।

शिवकुमारीले भनिन – हाल आएर बाटो नै बन्द गर्न खोज्दैछ । हामीलाई पटक पटक पिडित बनाईएको छ । न्याय कसले दिन्छ । उपमहानगरका मेयर साह सहित नगरपालिका प्रशासनलाई कयौं पटक जानकारी गराएँ । कसैले मेरो कुरा सुनेन्