जनकपुरधाम । जनकपुरधाममा आयोजित एक कार्यक्रममा   शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

जनकपुरधामको विभिन्न क्षेत्रमा कार्यरत आवद्ध महिला  एवं  फेसबुक  मैसेंजर समूहमा आवद्ध महिलाहरुको समूह जनकपुरियन लेडिज तथा काव्या हास्पिटलको सहकार्यमा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

शिविरमा महिलाहरुमा हुने सर्भाईकल क्यान्सर सम्बन्धी जाँच भइरहेको समूहकी सदस्य रिंकू मिश्र गायत्रीले बताएकी छिन् ।

‘महिलाहरुमा हुने पाठेघर क्यान्सरको  समस्या प्रायः अन्तिम स्टेजमा नै थाहा लाग्ने गरेका छन् तर अन्तिम स्टेजमा  रोगको उपचार कठिन हुने चिकित्सकहरुले बताए ।

‘सर्भाईकल क्यान्सरको जाँचको  समयमा नै  भयो भने यसको उपचार गराएर रोग निको हुन सक्ने एक जना क्यान्सर  विशेषज्ञ रश्मी झाले  बताए’ तसर्थ शिक्षा र चेतनाको अभाव भएकोले विपन्न बस्तीका महिलाहरुलाई लक्षित गरेर नि:शुल्क शिविर आयोजाना गरेको गायत्री  मिश्रले जानकारी दिईन ।

नि : शुल्क शिविरमा   काव्या हास्पिटलका चीफ एडमिनिस्ट्रेटिभ संतोष सिंह, डाक्टर रश्मि झा सहितका आठ जना  एक्सपर्ट टीमको शिविरमा चेकजाँच गरी सहयोग गरेका छन् भने सोनू कर्णले  टेन्ट र कुर्सीको बाबा टेन्ट हाउस सहयोग गरेका छन।

शिविरको  आयोजनामा विशेष योगदान र सहयोग गरेका जनकपुरधाम वडा नम्बर सातका  वडा अध्यक्ष जानकीराम साह लगायत सहभागिहरुको  सम्पूर्ण व्यक्तित्वमा जनकपुरियन लेडिज ग्रुपको तर्फबाट मेम्बर गायत्री  मिश्रले खुसी व्यक्त गरिन् ।