उमेश कुमार साह ,२१ फाल्गुन शनिबार

सप्तरीको सदरमुकाम राजबिराजमा रहेको सप्तरी उधोग वाणिज्य संघको आयोजनामा आज वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

सो वनभोज कार्यक्रम कंचनपुर नगरपालिकाको ले ले मा रहेको सुन्दरी खोला तथा शिव मन्दिर परिषरमा भएको थियो ।

सप्तरी उधोग वाणिज्य संघको आयोजनामा बनभोज कार्यक्रम रहेको अध्यक्ष लालु प्रसाद अग्रवालले जानकारी दिनुभयो ।

आपसी मित्रता र सद्भाव कायम गर्ने उद्देश्यले सो वनभोज कार्यक्रम आयोजना गरिएको सप्तरी उधोग वाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रवालले बताउनुभयो ।

सो वनभोज कार्यक्रममा सप्तरी उधोग वाणिज्य संघको पदाधिकारी तथा सदस्यहरु , पुर्व अध्यक्ष अरुण कुमार प्रधान, सप्तरी जिल्लाका विभिन्न नगरपालिकाको ब्यापारीहरु लगायतको उपस्थिति रहेको थियो।