महोतरी : मिथिला माध्यमिकी परिक्रमामा बेहोस भएर एक महिलाको मृत्यु भएको हो ।मृत्यु हुनेमा १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भारत बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवी साह छन् ।

महोत्तरीको मठिहानी पडाव स्थलबाट जलेश्वरको लागि निस्केको परिक्रमा अन्तर्गत अज बिहान ९ बजेर १० मिनेटमा जलेश्वर नगरपालिका २ साउजीपटी नजिक पोखरीमा नुहाउने क्रममा रिंगाटा लागेर उनी बेहोस भएकी थिइन् ।

उपचारको लागि जलेश्वर स्थित शान्ति कम्युनिटी अस्पताल जलेश्वरमा लगिएको ९ बजेर २५ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।