काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजनालाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका-८ बारा घर भई काठमाडौको महाराजगञ्ज बस्ने ५३ वर्षीय राम एकवाल चौधरी छन् ।

प्रहरीका अनुसार उच्च अदालत ललितपुरले २०७७ फागुन २१ गते ८ लाख ७५ हजार रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो ।

उनलाई आइतबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको महाशाखाका प्रवक्ता तथा एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।