जनकपुरधाम। देशमा ब्यापत बेतिथी,भ्रस्टाचार र लूटतन्त्रमा रमाउने तथाकथित नेता, बुद्धिमा खिया लागेका बुद्धिजीवी र पैसामा परिचालन हुने नागरिक समाज तथा एकचोक्टा मासु र रक्सीको लागि आफ्नो अमुल्य वोट बेच्ने मतदाताबाट देश र आम नागरिकका ब्यथा कम हुनेवाला छैन।

लोकतान्त्रिक गणतन्त्रमा पनि लोकतन्त्र मरेको तथा आम नागरिकले न्याय नै पाउने असम्भव भएको देखिन्छ।

जनतासंग कुनै सरोकार नै नराख्ने ब्यबस्था र ब्यबस्थापकहरुलाई पाल्नु अर्थहीन रहेको देखिन्छ।

आमूल परिवर्तन आजको नेपाल र नेपालीको आवश्यकता हो।

सम्पुर्ण क्रान्तिको माध्यमले पुर्ण मुक्तिका लागी आन्दोलनरत मुक्ति-कामी जनसमुदायका लागि जनतन्त्र निर्विकल्प हो।

देशमा जनतन्त्र स्थापनाको पवित्र उदेश्य प्राप्तिका लागी २०७२ सालको बिभेदकारी एंव अलोकतान्त्रिक संबिधान जलाउदै यसपालिको सम्भावित स्थानीय तह निर्वाचनमा सहभागी भइ सकारात्मक परिणामका लागि आन्तरिक तैयारी पुरजोरका साथ अगाडि बढी रहेको सुचित गराउदै तमाम मुक्ति-कामी, स्वतन्त्रताप्रेमी, जनतन्त्रप्रेमी जनसमुदायलाई कुनै प्रलोभन, भ्रम तथा मिथ्या कुराका पछाडी नलाग्न तथा एकदमै सजग-सचेत र पुर्ण तैयारी अवस्थामा रहनका लागि पनि हार्दिक अनुरोध तथा अपिल गरेका छ्न ।

अहिले देशमा रहेको ब्यबस्था, शासक-प्रशासकहरु निर्मम, अत्याचारी, भ्रष्ट, अराजक एंव दानविय प्रवृती अनुसरण गरेको देखिन्छ तथा नागरिकसंग अब संघर्ष बाहेकका अर्को शेष विकल्प नरहेको अवस्थामा निर्वाचनलाई अंगाल्दै वर्तमान लूटतान्त्रिक, भ्रष्ट, अराजक ब्यबस्था बिरुद्ध मुक्तिको संघर्षलाई उत्कर्षमा पुर्याउने जिम्मेवारी आम नागरिकले लिनुपर्ने वेला आएको छ।

सम्पुर्ण विभेद अन्त्यका लागी यो ब्यबस्थालाई नै अन्त्य गर्नु नै पर्ने हुन्छ। त्यसैले निर्वाचनलाई रणनीतिक हिसाबले उपयोग र प्रयोग गर्दै आगाडी बढुनु पर्ने समयको पनि मांग हो।

तसर्थ होश पुर्याएर आफ्नो उमेदवार रोजौं।

उज्ज्वल भविस्य तथा समृद्ध नगरका लागी बिकास बिरोधी, भ्रष्ट,अराजक ब्यबस्था, ब्यबस्थापन र ब्यबस्थापकलाई बिदा गरौं।