जनकपुरधाम : मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाममा  पर्याटन प्रबद्र्धनका लागि कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

जनकपुरधाममा  पर्यटकहरुको गन्तव्यको रुपमा विकास गर्नका जनकपुरधाम उप- महानगरपालिकाका नागर प्रमुख लाल किशोर साह,उप – प्रमुख रिता कुमारी झा,प्रधुम्न प्रसाद उपाध्याय प्रमुख प्रशासकिय अधिकृत, लगायतको  सहभागितामा कार्यशाला सम्पन्न भएको हो ।

कार्यशाला गोष्ठी कार्यक्रममा जनकपुरधाम उप – महानगरपालिकाका नगर प्रमुख लाल किशोर साह ‘अथक’ले पर्यापर्यटन प्रवद्र्धन गर्नका लागि जानकी मन्दिरलाई विश्व सम्पदामा  सूचीमा सूचीकृत गराउनमा जोड दिने  भन्नु भयो ।

नगर प्रमुख साह को भनाइ छ – धार्मिक  योजनाका रुपमा रहकेको उक्त परियोजनाका लागि  जानकी मन्दिरलाई विश्व सम्पदामा  सूचीमा सूचीकृत गराउनमा  नीति,नियम संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तै उनका अनुसार पर्यटनको विकास गर्नका लागि पहिलो काम मधेश प्रदेशको  वरिपरीका बासिन्दाहरुलाई स्थायी रुपमा विकास र रोजगारीको दिनसकेपछि पनि पर्यटकहरुको गन्तव्य हुने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै मिथिला महोत्सव २०२१ मा भाग लिएका कलाकारहरु १४ जना लाई सम्मान गर्नुभयो । उनीहरुलाई न्यू यर्क एसेम्बली बाट प्रमाण पत्र स्वरूप उनीहरुलाई गौशाला ओढाएर सम्मान गर्नु भयो ।  सम्मान गर्नु भएकाहरुमा मंजुला ठाकुर,जयकाली मुखिया अमृता दत्त,राज कुमारी मण्डल,सेलो यादव,सुमित्रा यादव,रेवती मण्डल,पानो दास, मधुमाला मण्डल, चन्द्ररेखा यादव,अन्जना दास, निर्मला दास, कोमल पुर्बे र रेणु यादव रहको छ ।

यस्तै जनकपुरधाम उप – महानगरपालिकाकी उप-प्रमुख रिता कुमारी मिश्राले भने  विधिको शासन कार्यन्वयन गर्नैैपर्ने बताए ।

नीति, नियम र परिधीभित्र रहेर दिगो रुपमा धार्मिकमा पनि बढी जोड  गर्न एकजुट हुनुपर्ने उनले बताए ।

‘दिगो विकास गर्नका लागि विधिको शासन पूर्ण रुपमा लागु हुन जरुरी छ,’ उनले भने,‘ जानकी मन्दिर प्रदेश सरकारको   मताहतमा रहेको छ त्यस कारणले स्थानीय तह केही गर्न सकिरहेका छैनौ  ।  स्थानीय तहसंग सहजिकरण मात्र गर्ने हो ।’ विधिको शासनको अक्षरसंश कायम गरी दिगो विकास गर्ने उनको भनाइ थियो ।