जनकपुरधाम । ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलवारआयोजित जनकपुरधामको जिल्ला समन्वय समितिको सभाहालमा  सिमावर्ती महिलाको समस्या विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल भारत सिमा संवाद र क्लोथ बैंङ्क नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ।

नारी दिवसको अवसरमा संचारकर्मी, समाजसेवी र विभिन्न क्षेत्रमा आवद्ध रही रहेका ३० जना महिलाहरुलाई गोसल्ला ओढाएर टोकन अफ लभ प्रदान गरी सम्मान गरेको थियो ।

नेपाल भारतको नजिकको  सम्बन्ध रही भारतको महिलाहरुले नेपालमा बिहे  गरेर आए पश्चात नेपाल सरकारले धेरै महिलाहरुलाई नागरिकताबाट वञ्चित राखेको जसले गर्दा उक्त महिलाहरुले सामान्य मोबाइलमा प्रयोग हुने सिम कार्ड समेत खरिद गर्न नसक्ने तथा विभिन्न सरकारी काम वा प्रयोजनका लागि समेत आवद्ध हुन नसक्ने अवस्था रहेको नेपाल भारत सिमा संवाद र क्लोथ बैंङ्क नेपालका अध्यक्ष राजिव झाले बताए ।

नारी दिवसको अवसरमा नारीको समान र हक अधिकारको कुरामा जोड दिदैँ महिलालाई अगाडी बढाउनको लागि शिक्षामा पहुँच र  महिला शिक्षित हुनुपर्ने आवस्यकता , उपस्थित महिलाहरु बताए समाज निर्माण गर्नुपर्छ\ ।