जनकपुरधाम : मधेस प्रदेशको  सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ ।

मंगलबार बिहान बसेको मधेश सरकारको मन्त्री परिषदको बैठकले सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरिएको हो ।

सिरहा जिल्लाको  लहानमा रहेको यातायाता व्यवस्था कार्यालयको सेवालाई विस्तार गर्दै राजविराजमा समेत याताया व्यवस्था कार्यालय खोल्ने निर्णय गरिएको मधेश सरकारका प्रवक्ता  रहेका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले मधेशटपलाई  जानकारी दिए।

सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना हुँदा ४० किलोमिटर पर लहान यातायात कार्यालयमा जानुपर्ने त्यस जिल्लाका नागरिकको बाध्यताको अन्त्य हुने भएको छ ।

सबै प्रक्रिया पुरा भएपछि यस्तो निर्णय गरेकाले चाँडै कार्यालय स्थापना गरिने मन्त्री साहको भनाइ छ ।