महोत्तरी ।  महोत्तरी जिल्लाको   मनरा शिस्वा नगरपालिका वाड न.४ मा अवस्थित श्री विधाशती प्रा.वि.जाउखमा दुई कोठे विद्यालय भवनको शिलान्यास भएको छ।

२० लाखको लागतमा २ कोठे भवनको शिलान्यास भएको छ।

सो  कार्यक्रममा  प्रमुख अतिथि पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र यादव र अतिथि  पूर्व आन्तरिक  मामिला तथा कानुन  राज्य मन्त्री सराेज सिंह कुशवाहा  र महेन्द्र मुखियाद्वारा  कार्यक्रम सम्पन्न भएको थियो ।

संघीय परिषद सदस्य दिपक झा,क्षेत्रीय ,जिल्ला सदस्य संजय सिंहले, जिल्ला सदस्य मुदिन कवारी, महेन्द्र  मनरा सिस्वा नगरपालिका  वडा न. १० का वडा  अध्यक्ष रमेश राय साथै पार्टीका नेता इन्द्र राज प्रसाद सिंह (गुड मर्निङ)  लगायतको उपस्तिथिमा कार्यक्रम सम्पन्न भयो।