रञ्नज भण्डारी

 

महोत्तरी,२७ फाल्गुन । भाग्यकामना राय जनता मा.वि पिगौनामा कक्षा १२ मा अध्ययनरत छिन ।

पढाईमा राम्रै रहेकि उनी अहिले विद्यालय जान छाडेकि छिन । शरिरले साथ नदिएपछि पढ्न पनि उनी जाउन कसरी ? करिव एक महिना पहिले शरिरमा दाना दाना जस्तो आएपछि तत्काल जलेश्वर अस्पताल लगियो तर त्यहाबाट पनि उपचार सम्भव नभएपछि जनकपुर हुदै उनलाई धरान लगियो ।

धरानमै विभिन्न जाँच पछि चिकित्सकले उनको बोन म्यारो विग्रेको बताए । अप्रेशन गरि उनको बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्नेमा धरानमै समेत सो नहुने भन्दै उनलाई हाल काठमाडौं स्थित सिभिल अस्पताल पठाइएको छ ।

 

सिभिल अस्पतालमै समेत उनी भर्ना हुनु पर्ने ठाउमा दुई बेड मात्र भएकोले त्यही एकजना आफन्तको घरमै वसेर उनी उपचाररत छिन । साताको चार पोका रगत उनलाई चढाउनु पर्ने र तत्काल अप्रेशन गर्नु पर्नेमा पैसा अभावले उनका बुवा दिपेन्द्र कुमार राय भौतारिनुको विकल्प छैन ।

छोरीको यस्तो अवस्था हुदा र आर्थिक अवस्थाले बिस देखि तिस लाखसम्मको अप्रेशन खर्च जोहो गर्न नसकिने भएपछि छोरीको प्राण बचाईदिन दिपेन्द्रले सहयोगको याचना गरेका छन ।

 

उनले छोरीको अप्रेशन गर्न सक्ने क्षमता आफ्नो नभएकोले सहयोग गरिदिन सर्वसाधारणलाई आग्रह गरेका हुन ।

महोत्तरीको जलेश्वर नगरपालिका ११ लोचना निवासी दिपेन्द्र पेशाले किसान छन ।

उनी घर जाय जेथा सवै बेचेर पनि छोरीको उपचार खर्च नपुग्ने बताउछन । उनको मोबाईल नं. ९८०४८०६७९१,९८४४०३०७९१ र प्रभु बैंक जनकपुर शाखाको खाता नं. ०५३००७१०४८९०००११ रहेको छ ।