महोत्तरी ।महोत्तरी क्षेत्र नम्बर ४ का  प्रतिनिधि सभा सदस्य एवम् पुर्व स्वास्थ्य तथा जनसंख्या राज्य  मन्त्री डा. सुरेन्द्र  कुमार यादव र पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्रीद्वारा राेड ढलानको  संयुक्त रूपमा शिलान्यास गर्नुभएको  छ।

महोत्तरीको रामगोपालपुर  गाउपालिका वाडा नम्बर २ टोल  टेङरमा शिलान्यास गरेका छ्न।


उक्त शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद सदस्य दिपक झा, जिल्ला सदस्य संजय सिंह, रबिन्द्र सिंह,मुद्दिन राइन, सुरेश यादव, रामगोपालपुर वडा न. ६, ९  का संयोजक विजय यादव, त्यस्तै स्थनिय नेता उमेश यादव, शम्भु यादव  साथै जनसमुदायको उपस्थिति रहेको थियो।