जनकपुरधाम : नेपाली कांग्रेस धनुषाको १४ औँ अधिवेशन अन्तर्गत जिल्ला नेतृत्व चयनका लागि शुक्रबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतगणना सुरू भएको छ ।

निर्वाचन समितिका अनुसार राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो ।

दोस्रो चरणको निर्वाचनमा शुक्रबार २ हजार ८१४ जनाले मतदान गरेका थिए । काँग्रेस धनुषाको जिल्ला अधिवेशनका लागि ३ हजार १७३ प्रतिनिधि छनौट भएका थिए ।

काँग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणमा योगेन्द्र पजियार र संतोष यादव निर्वाचनमा उत्रिएका छन् । निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालिले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेपछि दोस्रो चरणमा निर्वाचन भएको बताए ।

अहिले क्षेत्रगत रुपमा छुट्टाछुट्टै मतगणना भइरहेको छ । प्राप्त मतपरिणाम अनुसार क्षेत्र नम्बर ४ को मतगणना सम्पन्न हुँदा योगेन्द्र पजियारले ३०२ र संतोष यादवले २७२ मत पाएका छन् ।  ५ मत बदर भएको छ ।

क्षेत्र नम्बर ४ को कूल ७०९ मतदातामध्ये ५७८ जनाले मतदान गरेका थिए ।