जनकपुरधाम, २८ फागुन । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित दिनाभद्री टोलमा सोही वडाका वडा अध्यक्ष जानकी राम साहले ‘दलित दलान’को एक समारोहबीच उद्घाटन गरेका छन् ।

करीब अढाई कट्ठा जग्गामा दुई कोठे भवन तथा शौचालय सहित रहेको सो भवन निर्माणमा १५ लाख रुपैया खर्चिएको वडा अध्यक्ष साहले बताएका छन् ।

समाजसेवी रामचन्द्र प्रसाद साहको अध्यक्षतामा भएको ‘दलित दलान’ उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष साहले यो दलान निर्माण यहाँका दलित समुदायहरुलाई विहेवारी, भोजभतेर तथा आफ्तविपतमा सहयोग हुने मध्यनजर राखी निर्माण गरिएको बताएका छन् ।
उनले भने, ‘दलित समुदायका लागि बेलाबेलामा स्वस्थ्य शिविर, राहत वितरण तथा निःशुल्क औषधी वितरण कार्य गरेका छौं । पिछडिएका समुदायहरुका लागि आफूले सधैं कार्य गर्दै आएको र अगामी दिनमा साथ र सहयोग रहेमा गर्ने छौं ।’