२०७८ चैत्र ०१ गते

उमेश कुमार साह

राजबिराज :सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नम्बर ८ काचन बस्ने बर्ष ५२ को जिवछ प्रसाद यादव पक्राउ परेको हो ।

पक्राउ पर्ने यादवलाई सप्तरीको सुरुङ्गा नगरपालिका ६ बाट सोमबार विगो भरी भराउ मुद्दामा फरार प्रतिवादी यादव पक्राउ परेको छ ।

यादवलाई ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएका प्रहरी टोलिले खोजतलास गर्दा सुरुङ्गा नगरपालिका ६ स्थितमा लुकिछिपी हिडिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासवानले जनाएको छ । बिगो भरी भराउ मुद्दामा फरार रहेकोमा निजलाई पक्राउ गरी दाखिला गराउन भनी पर्सा जिल्ला अदालतको पत्र आदेश अनुसार उनलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनलाई सोमबारै पर्सा जिल्ला अदालत पठाएको उनले बताए । यादवलाई अदालतले २ बर्ष कैद सजायको फैसला गरेपछि फरार रहेका थिए ।