सप्तरी बोदे बर्साईन:, ०१ चैत ।
उमेश कुमार साह

लाल पानी, हरियर पानी, पानी रे पानी पेट मका बच्चा करे नानी गै, नानी, जोगिरा सर..सर…..अचेल यस्तै यस्तै कर्ण प्रिय जोगरिाका गितहरु तराई मधेशका बोदे बर्साईन बजार तथा गाउँहरुमा गुँन्जिरहेका छन् ।

बिधाकी देवी सरस्वतीको पुजा अर्थात वसन्तपञ्चमीको दिनदेखि नै तराईमा फागु पर्वको शुभारम्भ भएको होली पर्वलाई स्थानीय भाषमा फगुवा तथा धुर खेल उप्यकावासीहरुले मानाइने होली पर्वको एक दिन पछाडी मनाईने होली पर्वको तराईवासीहरुले आफ्नो छुटै परमपरागत तरिकाले मनाईने प्रचल रहेका छन् ।
तराईका मधेशका विभिन्न जिल्लाहरुमा मनाइने होलीको पुर्व सन्धयामा समद् दहन गरि धुमधामका साथ मनाउने गरिन्छ ।ं यस पर्वमा पुर्णिमाका दिन होलिका दहन गर्ने परम्परा रही आएका छन् । होलीका दहनका दिन बेलुकी कुनै पवित्र जलाशयका छेउ छाउ गाँउबाट बाहिर गएर बाँसको फाटा, रुखका हगांहरु, तथा खरपात राखेर होलीकाको समाधि निर्माण गरि स्थानीय व्थतिmहरु नाचगान गर्दै समाधि स्थल पुगी आमा बुवा मृत्यु भइ सकेका व्यतिmले समाधिमा अग्नि प्रजवलन गरी पापिनीकी प्रतिक मानिने दत्यराज हिरणकस्यपकी बहिनी होलीकाको अन्तय भएकोमा हर्ष बधाई अदान प्रदान गर्ने गरिन्छ । जसलाई स्थानिय भाषामा सम्द दहन भन्निछ ।
होलिका दहन पश्चात बालबालिकाहरुले एक अर्काको घरबाट दाउरा, काठपात चोरेर ल्याई आगोको धुनी बालेर नाचगान गरी रात बिताउने गर्दछन् । यसो गर्दा पापवृतिलाई नष्ट गरि अनिष्टकारी तत्वहरुबाट सुरक्षीत होइन्छ भने मान्यता रहेको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ बोदे बर्साईनका अनिल प्रसाद सिंहले धारणा व्यतm गरिन् ।
एक महिना सम्म मनाईने फागु पर्व अर्थात होलीको उत्सवको आगमणको संकेत स्वरुप बजार रुप गाँउ घरमा गाईने गितहरुमा कृष्णलीला, भतm प्रलाद र होलीका आदि प्रसंगका गितहरु गाउँनुका साथै जोगिरा समेत गाइने गरिन्छ । तर अचेल आएर गाँउ घरबाट जोगिरा समेत हराउन थालेका छन् । हिन्दुहरुको महान पर्व दशैमा जसरी आफ्ना मान्यजनका हातबाट टिका थापी आर्शिवाद लिइन्छ, त्यसरी नै तराईमा फागु थाप्ने प्रथा फगुवाको परम्परागत शैली तथा मौलिकता रहेको स्थानीय निवासी सत्य देव यादवको कथन रहेको छ ।
फागु पर्वलाई मधेशमा आपसी सदभावको संगम सुत्रको रुपमा पनि लिने गरिन्छ किन भने आफ्नो घरमा होली खेल्न आएको समुहलाई विभिन्न किसिमको परिकार तथा मिष्ठान भोजन गराई पठाउने प्रचलन रहेको बोदे बर्साईन नगरपालिका ५ निवासी हेम किशोर यादवले बताइन् ।
होली खेल्न आएको समुहले जाने बेलामा सदा आन्नद रहे यहि द्धारे, मोहन खेले होली हो , जस्ता आशिश वचन दिईने गरेको बताउँदै उनले भनिन — फागु पर्वका दिन विषेशत ःरगंबाट रंगिएका बाजाहरु जस्तै मृदंगा, डफरा तथा ढोलक जस्ता परम्परगत बाजा गाजाका साथ नाचगान गरि महिला तथा पुरुषहरु समुह बनाई बिहान देखि बेलुका सम्म रमाईलो गरी मनाईने गरिन्छ ।
तराईको सबैभन्दा महत्वपूर्ण पर्वका रुपमा चिनिँदै आएको फागु पूर्णिमा (होली) नजिकिँदै जाँदा यहाँ बजार ,गाँउघरमा होलीको माहौल विस्तारै–विस्तारै होलीमय बन्दै गएको छ ।
घर र बजारमा होरिया गीत गाउने क्रम सुरु भएको छ भने रंग, अबिर र फूचकारीको बिक्री समेत शुरु भएको छ । होरी सम्बन्धी गीतहरु समेत बजारमा गुञ्जिन थालेको छन् । बसन्त पञ्चमीका दिनदेखि नै फागू पूर्णिमासम्म होरी गीत गाउने र बजाउने यहाँ पुरानो प्रचलन छ । यसपल्ट पहाडी क्षेत्रमा चैत्र ३ गते बिहिवार र तराई क्षेत्रमा चैत्र ४ गते शुक्रबार होली पर्वको साइत जुडेको छ ।
होली मनाउन बाहिर रोजगारीका लागि गएकाहरु पनि धमाधम घर फर्किन थालेका छन् । होली पर्व घरमै मनाउने परम्परानुसार यसरी बाहिर रहेकाहरु घर फर्किन थालेका हुन् । बसन्त ऋतुको आगमनको अवसर पारी यस अवधिमा रंग, अविर, खेल्न खुल्ला हुने जनधारणाले गर्दा सरस्वती पूजादेखि पूर्णिमासम्म घर–घरमा एक आपसमा रंग, अविर लगाई रमाइलो गर्ने र साँझतिर टोल, बजारको कुनै चौकमा भेला भई युवाहरु रमाइलो गर्ने गरेको दृश्य देखिन थालेको छ ।

होली पर्वको उमंग किसान, मजदुर, व्यापारी, गृहिणी, नेता, युवा, पसले, जागिरे, विद्यार्थी सबैलाई उत्तिकै रहेको छ । बालबालिकाहरु त झन होली कहिले ? भनी सोधी सोधी अभिभावकहरुलाई हैरान बनाउँछन्– स्थानीय वासी सुरेन्द्र प्रसाद साहले बताउँछन् ।
मिथिला क्षेत्रको कला साँस्कृति मध्ये होली एक धरोहरकै रुपमा रहेको चर्चा गर्दै बोदे बर्साईन नगरपालिका वडा नम्बर –५ निवासी किशोर यादवले भन्छन्–फागू पर्व आउनुभन्दा एक महिना अघिदेखि नै गाउँका साथीहरुले होलीको तयारी सुरु गरिसकेका छन् । यसपल्टको होली गाउँमै साथीहरु बीच रंग, अबिर र गीत संगीतको आनन्द र एक अर्काको सुखदुःख साटासाट गरेर बिताउने योजना छ ।
श्री पञ्चमी पर्व सुरु भएकै दिनदेखि आ–आफ्ना कुलदेवतालाई घरका जेठा सदस्यले रंग, अबिर, खीर तथा पूजाआजा अर्पण गरेर बसन्त ऋतुलाई स्वागत गर्ने परम्परा रहेको उल्लेख गर्दै पण्डित बलराम पाठक भन्छन–त्यस दिनदेखि नै तराईवासीहरु रंग, अबिर खेल्न थाल्छन् । होलीलाई आनन्द र मस्तीको पर्वको संज्ञा दिँदै पाठक होरीको गीत यसरी गुनगुनाउँछन्–
भर फागुन बुढवा देवर लागे
बुढावा के गौना कराय दिय हो ….
हे जबजब नियतै हरि गुणमा
गावतै बुढवाके गौना कराय दिय हो … । यता होली पर्व नजिकिँदै जादा जिल्लाभरी नै थरीथरीका फिल्मी लोकगीत र भोजपुरी गीत बज्न थालेका छन् । कुनै कुनै गीत त निकै कामूक र उत्तेजक शब्दहरुको प्रयोग भएकाले सर्वसाधारणले सुन्दा अली अप्ठ्यारो महसुस गरेपनि युवाहरुको एउटा समूहले भन्छन्–बुरा न मानो होली है ।