उमेश कुमार साह
३ चैत्र बिहिवार बोदे बर्साईन

लक्ष्मि गणेश कृषि सहकारी संस्था लिमिटेड राजबिराजले आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढङ्गले हर्षोल्लासपूर्वक होली पर्व मनाउन आह्वान गरेको छ । सो सहकारी संस्था लि को अध्यक्ष दिनेश कुमार साहले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना गर्दै आफ्ना कर्मचारीहरु सङ्ग अबिर टिका लगाएर होलि मनाएका छन ।

सधै होलि हर्षोउल्लासका साथ मनाउने गरेको तर यसपाली पनि बिश्व भरी फैलिएको कोरोनाका कारण आफुहरु पनि यसबाट बच्नको लागी पुर्व सतर्कता अपनाउदै सामान्य तरिकाले होलि खेलेको र अरुलाई समेत सतर्कता अपनाउदै सद्भावपुर्ण तरिकाले होलि पर्व मनाउन आग्रह गरेका छ्न् ।

कार्यक्रमको प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव रहेको थियो। कार्यक्रमको अतिथि यस सहकारी लिमिटेडको सल्लाहकार सरिता साह , संचालक समिति सदस्य आशा कुमारी यादव , संस्थापक शेयर सदस्य बैधनाथ साह , नगरपालिका प्रशासन शाखा प्रमुख महिन्द्र यादव , सनराईज ई बोडिङ्ग स्कुलको प्रअ रमेश कुमार साह लगायतको उपस्थिति रहेको थियो।

बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएका छन्’ प्रमुख अतिथि यादवले शुभकामना दिदै भनिएको छ,‘होली पर्वले पनि विविध धर्म र सँस्कृति मान्ने समस्त नगरवासीहरुमा भातृत्व र अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ।
कार्यक्रमको संचालक संजय परियार ले बताए ।यो कार्यक्रम सनराईज इ बोडिङ्ग स्कुल बोदे बर्साईनको प्राङ्गणमा भएको कार्यक्रमको अध्यक्षता तथा सहकारीको अध्यक्ष दिनेश कुमार साहले बताए