जनकपुरधाम :  जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ कपिलेश्वरमा होली मिलन समारोहको आयोजना गरेका छन् ।

होली पर्वको अवसरमा शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ कपिलेश्वरमा जसपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेता जितेन्द्र यादवले जसपा पार्टी जनताको विकास र समृद्धिको लागि निर्माण भएको देशकै ठुलो बैकल्पिक पार्टी भएको बताएका हुन् ।

लाेसपा नेता राजेन्द्र महताेले मधेसी जनतासँग खेलवाड गरेको समेत अाराेप लगाए । पार्टी एकढिका भएर चुनावमा होमिएको समेत उनले बताए ।

उक्त कार्यक्रमको अध्यक्ष्ता जसपा नगर नेता शिव कुमार साहले गरेको थियो भने प्रमुख अतिथि मधेस प्रदेश सांसद रामअसिस यादव रहेको थियोे ।

सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशाेर साह, ममता मिश्र , नेता कार्यकर्ता लगायतका उपस्थिति रहेको थियोे ।