जनकपुरधाम :  जनकपुरधाममा आज भव्य रुपमा होली पर्व मनाइएको छ । मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तः गृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधाममा भव्य रुपमा होली मनाइएको हो । शनिबार होरैया लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बन्यो ।

मधेश प्रदेशका अधिकांश ठाउँमा शुक्रबार नै होली पर्व मनाइए पनि जनकपुर धामसहित नेपाल–भारतमा पर्ने मिथिला क्षेत्रमा भने शनिबार होली मनाइएको हो । हिमाली र पहाडी क्षेत्रमा भने बिहीबार नै होली पर्व मनाइ सकिएको छ ।