जनकपुरधाम।

नेपाली काँग्रेसले ‘घर घर जाउँ काँग्रेस जिताऔं ’ अभियान ८ वटै पालिकामा एक साथ सञ्चालन गर्ने बताएको छ ।

सो कुराको जानकारी सोमबार मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनका अबसरमा पार्टीका प्रवक्ता नारायण बोगटीले दिनुभएको हो । आफुले जारी गरेको प्रेस बिज्ञप्ती वाचन गर्दै बोगटीले चैत्र ९ गते देखि सञ्चालन हुने अभियान २९ गते सम्म चल्ने जानकारी गराउनु भएको थियो ।

अभियानले काँग्रेसको जिल्ला र स्थानीय स्तरमा रहेका कृयासिल कार्यकर्ताहरुको सकृयतालाई पनि बढाउने बताउनुभयो । उहाँले काँग्रेसले अभियानका लागि विभिन्न स्थानीय तहमै पुगेर ८ पटक जिल्ला समितिको बैठक गर्नुका साथै कार्यकर्ता विच अन्तरक्रिया गरेको र उक्त अवधिमा २ हजार भन्दा बढी विभिन्न पार्टीका कार्यकर्ता काँग्रेसमा प्रवेश गराएको बताउनुभयो ।

प्रवक्ता बोगटीले घर घर जाउँ काँग्रेस जिताऔं अभियान संचालनका लागि जिल्लाका विभिन्न स्थानीय तहमा नेता कार्यकर्ता परिचालन भइसकेको पनि बताउनुभयो ।

सो अबसरमा बोल्दै नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ (कान्छाराम) ले यो अभियानमा स्थानीय स्तरका विकास निर्माण र स्थानीय सरकारले गरेका कमीकमजोरी केलाउने, संठगन सुधारका उपायहरुका बारेमा कार्यकर्ताहरुबाट राय लिने र बर्षौ सम्म अधुरा रहेका योजना पुरा गराई नागरीकलाई थप सेवा सुविधा दिने विषयमा छलफल हुने बताउनुभयो ।

तपाई यो पटक संघिय सासदको टिकटको दबेदार हो कि हैन भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफमा उहाँले “समयले माग गर्‍यो भने म गाउँपालिकाको अध्यक्ष उठ्न पनि तयार छु र म भन्दा राम्रो खालको जित्न सक्ने उम्मेद्वार बन्नुभयो भने म उहाँलाई नै संघिय निर्वाचनमा सहायेग गर्छु भन्नुभयो”।

उहाँले थोरै सिट भएको नेपाली काँगेसलाई नेकपा समाजवादी र माओवादीले सहयोग गरी प्रधानमन्त्री दिएकोले यो गठबन्धन संघिय चुनाव सम्म कायम हुनुपर्ने कुरालाई जोड दिदै यो आफ्नो व्यक्तिगत धारणा रहेको बताउनुभयो ।

उहाँले आफ्नो व्यक्तीगत तुषलाई लुकाएर भएपनि सवैले संगठनलाई सर्वोपरि ठान्नु पर्ने भन्दै आफुले घर व्यवहार त्यागेर संगठनको खातिर समय दिएको हुँदा सबैले खट्ने हो भने काँग्रेस मजवुद हुने र आसन्न निर्वाचनमा सवै तहमा विजय हासिल गर्न सक्ने कुरामा आफु बिश्वस्त रहेको बताउनुभयो ।

‘उपसभापति लेखवहादुर कार्कीले आफ्नो संगठन टोल कार्य समिति देखि केन्द्रीय समितिसम्म आइपुग्दा पिरामिड शैलीको भएको भन्दै यो अभियानमा सबै संरचनाहरुले पर्याप्त काम गर्ने बताउनुभयो । उहाँले यो पटक जसले चुनावमा भाग लिन्छ उसलाई हार्ने र पार्टिभित्र अन्तर्घात गर्ने छुट कसैलाई नभएको बताउनुभयो ।

उहाँले भन्नु भायो हामीले अभियानमा पार्टीको कुरा लगाएत एमसिसी अनुमोदन र यसका सवालहरुलाई तल्लो तहमा रहेका नेता कार्यकर्ताका साथै आम मतदातालाई वुझाउने छौं ।”